समाजस्थानीय

लायन्स क्लब अफ बेगनास तालनगरीको अध्यक्षमा भुजेल

ऋषिराम रानाभाट
लेखनाथ, २१ चैत्र । लायन्स क्लब अफ बेगनास तालनगरीको छैटौ अधिबेशनले बर्ष २०२१÷२२ का लागि अध्यक्षमा प्रभा भुजेलले सर्वसम्मत रुपमा चयन गरेको छ ।
लायन्सको विधि र विधान अनुसार आगामी वर्षको कार्यकालका लागि नवनिर्वाचित समितिको प्रथम उपाध्यक्ष विदरु त्रिपाठी , दितिय उपाध्यक्ष त्रिलोचन लामिछाने , तृतीय उपाध्यक्ष अरुण चन्द्र सुवेदी ,सचिव विनोद त्रिपाठी , कोषाध्यक्ष हरि प्रसाद तिवारी , सहसचिव सपना सुवेदी र सहकोषाध्यक्ष वर्षा मगर, मेम्बरसिप चियर्पसनमा धु्रव राज त्रिपाठी रहनु भएको छ ।
यसैगरि समितिको प्रशासकमा तारा सुवेदी, पि आर ओमा सन्तोष लामिछाने, मार्केटिङ र कम्युनिकेसन चियर पर्सन प्रतिमा पुर्जा पुन, एल सी आई एफ कोर्डिनेटरमा विजय राज कंडेल, टेमरमा हरि लामिछाने, निर्देशकमा ऋषिराम रानाभाट, रामचन्द्र रानाभाट, सागर लामिछाने, केशव राज तिवारी रहनु भएको छ ।
यस अघि कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले स्थापना देखि क्लबले प्रत्येक वर्ष सामाजिक तथा मानविय सेवाका उत्कृष्ट कार्यहरु गर्दै डिष्ट्रिकमा आफ्नो पहिचान बनाउन सफल भएको चर्चा गर्नु भयो ।
यसै गरी डिपार्टमेन्ट अफिसर रामचन्द्र रानाभाट, जोन चियर पर्सन सागर लामिछाने, डिष्ट्रिक चियर पर्सन केशव राज तिवारी लगाएतले लायन्स क्लबका वारेमा बोल्नु भएको थियो । क्लवकी अध्यक्ष शक्ति श्री तिवारी कोइरालाले आफ्नो कार्यकालमा क्लबले सम्पादन गरेका कार्यहरुको बारेमा चर्चा गर्दै आफ्नो कार्यकललाई सफल बनाउन लागि पर्ने सबै क्लबका पदाधिकारीहरु एवम् सदस्यहरुमा धन्यवाद दिनु भएको थियो भने निर्वाचित अध्यक्ष प्रभा भुजेलले आगामी लायन वर्षमा आफुले गर्नु पर्ने कार्यहरुको वारेमा बोल्नु भएको थियो । सचिव अरुण चन्द्र सुवेदीले सञ्चालन गर्नुु भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: