स्वास्थ्यसमाजस्थानीय

समाजसेवी गिरीलाई पत्नीशोक

लेखनाथ, ८ बैशाख । पोखरा महानगरपालिका वडा नं २७ तालचोक निवासी सामुदायिक सेवा केन्द्र लेखनाथका सस्थापक अध्यक्ष, समाजसेवी मोती गिरीलाई पत्नीशोक परेको छ ।

समाजसेवी गिरीकी धर्मपत्नी यम कुमारी गिरीको बुधवार विहान उपचार कै क्रममा पोखराको चरक मेमोरियल हस्पिटलमा ५५ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । सुगर,पे्रसर र थाईराइडको विरामी रहनु भएको स्वर्गीय गिरीको अन्तिम अवस्थामा आएर कोरना पोजेटिप देखिएको थियो ।

सामुदायिक सेवा केन्द्रको विभिन्न तहमा रहेका गिरी झन्दै एक दर्जन भन्दा वढि संघ सस्थामा रहेर सामाजिक काम गर्दै आउनु भएको छ । स्वर्गीय गिरीको बुधवार नै नेपाल सरकारले तोकेको स्वास्थ्य विधि अपनाएर पोखरा ३२ को मजुवामा अन्तिम दाहासस्कार गरिएको हो । स्वर्गीय गिरीका श्रीमान मोती गिरी, दुई छोरा मिलन र विक्रम रहनु भएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: