समाचार

लायन्स क्लब अन्तरास्ट्रीयद्धारा नेपाली भाषालाई मान्यता प्रदान

काठमाण्डौ, १९ बैशाख । लायन्स क्लब अन्तरास्ट्रीय ले नेपाली भाषालार्ई चौधौ स्थानमा मान्यता दिएको छ । अबदेखी लायन्स क्लब अन्तरास्ट्रियको प्रत्येक बर्ष हुने अन्तराष्ट्रिय सम्मेलनमा नेपाली भाषा बोल्न पाइने भएको छ । यस भन्दा अगाडि अंग्रेजी वा अन्य भाषा प्रयोग हुदै आएको थियो । नेपालीहरुको लायन्सका माध्येमबाट समाजसेवामा अग्र स्थानमा रहेकोले लायन्स अन्तरास्ट्रीयले नेपाली भाषालाई मान्यता दिएको एलसिआइएफ एरिया लिडर तथा इन्टरनेशनल डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार बालकृष्ण बुर्लाकोटिले बताउनु भयो ।

                             इन्टरनेशनल डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार बालकृष्ण बुर्लाकोटि

यो हामी नेपाली लायन्सहरुलाई खुशिको कुरा हो । लायन्स क्लबको अन्तराष्ट्रिय सम्मेलनमा नेपाली भाषाले मान्यता पाउनुमा पुर्ब इन्टरनेशनल डाईरेक्टर सन्जय खेतानको महत्वपूर्ण भूमिका रहेको बुर्लाकोटीले बताउनु भयो ।
जेष्ठ २१ र २२ गते लायन्स क्लब अन्तराष्ट्रिय मल्टिपल काउन्सिलको अधिवेसनबाट इन्टरनेशनल डाईरेक्टरमा आफु निर्वाचित भए नेपालको नाम बिश्वमा चिनाउने र नेपालमा बिभिन्न स्थाई परियोजनाहरु भित्रयाउन पहल गर्ने समेत बुर्लाकोटिले जानकारि दिनु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: