समाचार

संसद अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सिफारिश

२७ वैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो । मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास गएका छन् ।

यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गरेकी थिइन् ।

सोमबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्रीको पक्षमा जम्मा ९३ मत परेको थियो । संसदको बहुमत सदस्यको समर्थन अर्थात् १३६ मत पाउन नसकेका कारण प्रधानमन्त्री ओली सोमबार नै पदमुक्त भएका छन् ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: