समाचार

लायन्स क्लब डिस्ट्रिक ३२५ बि १ द्वारा र्हाइ फ्लो अक्सिजन मेसिन हस्तान्तरण

काठमाण्डौ, बैशाख २८ सामाजिक क्षेत्रमा आफनो बेग्लै पहिचान बनाउन सफल लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१ नेपालले र्हाइ फ्लो अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।
हाल नेपालमा कोभिड १९ को महामारि बढे सगै अक्सिजनको अभावलाइ केहि सहज गर्ने उद्धेश्यले अक्सिजन बितरण गरिएको  कार्यक्रमका संयोजक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालका डिपार्टमेन्ट चिफ हसन कुमार गोपालिले बताउनु भयो ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपाल द्वारा २ थान र्हाइ फ्लो अक्सिजन मेसिन जनमैत्री अस्पताल, बालाजु, काठमाडौंमा बितरण गरिएको हो । । डिस्ट्रिक गभर्नर लायन मन बहादुर रोका, अग्रज, लिडर , कार्यक्रमका संयोजक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १नेपालका डिपार्टमेन्ट चिफ ,लायन्स क्लब नयाबजारका सस्थापक अध्यक्ष हसन कुमार गोपालिको पहलमा लायन्स क्लब तथा लायन सदस्यहरु प्राप्त सहयोग रकमबाट इन्टरनेशनल आइडी इन्डोर्शी बालकृष्ण बुर्लाकोटी को प्रमुख आतिथ्यमा बागमती क्षेत्रको लागि २ थान र्हाइ फ्लो अक्सिजन मेसिन जनमैत्री अस्पताल, बालाजु, काठमाडौंमा हस्तान्तरण गरिएको थियो ।
डिष्टिक्ट गभर्नर लायन मन बहादुर रोकाले हस्पिटल प्रसासनलाइ हस्तान्तरण गर्दै आजैबाट यो मेसिन तत्कालिन रुपमा कोभिडका बिरामिहरुको लागि अक्सिजन दिन प्रयोग गर्नका लागि अत्यन्तै उपयोगी भएको बताउँदै उक्त मेसिन प्रदान गर्न सहयोग गर्ने लायन्स क्लब डिष्टिक्ट परिवार तथा सम्पुर्ण दाताहरुलाई हार्दिक आभार प्रकट गर्नुभएको छ ।
साथै आज बागमति क्षेत्रमा २ थान र्हाइ फ्लो अक्सिजन मेसिन बितरण सगै आबश्यकता अनुसार गण्डकि त धौलागिरि क्षेत्रमा पनि स्वास्थ्य सामाग्री बितरण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ।

Related Articles

Back to top button
%d bloggers like this: