समाचार

कक्षा १२ र एसइई परीक्षाको विकल्पबारे छलफल सुरु

२ जेठ, काठमाडौं । काेभिड-१९ का कारण स्थगित भएको कक्षा-१२ र  माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको विकल्पबारे छलफल सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक वैकुण्ठ प्रसाद अर्यालको अध्यक्षमा गठन भएको कार्यदलले सरोकारवालासँग परीक्षाको विषयमा छलफल थालेको हो।

परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अब परीक्षा कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा गठित कार्यदलले छलफल थालेको जानकारी दिए।

उनले भने, ‘कार्यदलले रोकिएको परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा सरोकारवालासँग छलफल थालेको छ, हेरौं छलफल र अध्ययनबाट अब कस्तो विकल्प आउँछ।’

उनका अनुसार अहिले कार्यदलले विभिन्न देशमा विपदको अवस्थाको परीक्षा तथा मूल्यांकनका लागि अपनाएका विधिबारे अध्ययन गरिरहेको छ। शिक्षक, अभिभावक, शिक्षाविदलगायत सरोकारवाला पक्षसँगको राय सुझाव पनि संकलनको गरिएको छ।

परीक्षा बोर्डले कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएपछि गत सोमबार एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो। जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: