स्वास्थ्यसमाजस्थानीय

कोभिड १९ को भाइरसलाई हेचक्राई नगरी सजग हुन वडा अध्यक्ष दियालीको आग्रह

ऋषिराम रानाभाट
लेखनाथ, ४ जेठ । पोखरा महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियालीले कोभिड १९ को दोस्रो संक्रमणको भाइरसलाई हेलचक्राई नगरी सजकता अपनाउन आग्रह गर्नु भएको छ । विश्व नै आक्रान्त बनेको बेलामा नेपाल पनि यसबाट अछुतो रहन नसकेको अवस्थामा कोभिड १९ फैलिन नदिनु बुद्धिमानी हुने दियालीले सामाजिक सञ्जाल मार्फत सुचित गर्दै यो माहामारीमा भाइरस विरुद्धको युद्ध जित्नका लागि व्यक्ति, नागरिक समाज, स्थानिय विभिन्न सामाजिक संघ संस्था, राजनीतिक पार्टी , गैरसरकारी क्षेत्र, वडा सबै एक जुट भएर वडासँग हातेमालो गरी अगाडि बढ्न दियालीले वडावासी सबैमा आग्रह गर्नु भएको छ ।
गत बैशाख ३१ गते पोखरा महानगर पालिका वाड नं २८ स्थीत जनज्योति मा.बि.को प्राङ्गणमा ५५ जनाको पिसीआर परिक्षण गरिएका मध्ये पोखरा २८ का १४ जना ,पोखरा वाड नं २६ साबिक राखीका २ जना र मादि गाउँ पालिका वाड नं ५ देउमाडी तल्लो साइडका २ जना गरि १८ जनाको रिपोर्ट पोजिटिभ आएको वडा अध्यक्ष दियाललीले जानकारी गराउनु भएको छ ।
संक्रमित १८ जनाको स्वास्थ्य अवस्था सामान्य भएकाले उनीहरुलाई सुरक्षित रुपमा घरमै आइसोलेसनमा बस्न पनि सल्लाह सुझाव दिइएको वडा अध्यक्ष दियालीले जानकारी दिनु भएको छ।
स्वास्थ्य समस्यामा कुनै असहज अवस्था आएमा वडामा सम्पर्क गर्न पनि दियालीले आग्रह गर्दे आ–आफनो ठाउँबाट सक्दो सहयोग गरी कोभिड १९ को विरुद्ध एकजुट हुन वडावासीमा सबैमा उहाँले अनुरोध गर्नु भएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: