
पोखरा, ४ जेठ ।
पोखरा महानगरपालिका नगरकार्यपालिकाको कार्यलयले कोभिड १९ को माहामारीका कारण शैक्षिक सत्र २०७७ मा रोकिएको वार्षिक परीक्षाहरु विद्यालयले यस भन्दा अघि लिएको त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा एवम् आन्तिरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गरी वार्षिक नतिजा प्रकाशन गर्न सूचना प्रकाशित गरेको छ ।
जेठ ३ गते बसेको पोखरा महानगरपालिका नगरकार्यपालिका कार्यलयको बैठकले उक्त निर्णय गरेको हो ।
साथै शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना आषाढ १ गते बाट सुरु गर्न पनि सूचनामा उल्लेख गरिएको छ । कक्षा ८ को वार्षिक परीक्षा भने नगर स्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार जानकारी गराइने पनी उक्त सूचनामा जनाइएको छ ।