
लेखनाथ, २३ जेठ । कोभीड १९ को विषम परिस्थीतीमा पोखरामा देखिएको रगतको अभावलाई ध्यानमा राख्दै एल आइ सि नेपाल बिमा अभिकर्ता संघ शाखा समिति पोखरा एवं लेखनाथ शाखाको संयुक्त आयोजनामा भएको घुम्ती रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ ।
रगत कै अभावले कोही पनि विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेस्यले रत्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराका विभिन्न आठ ठाउमा राखिएको रत्तदानमा ८० युनिट रगत संकलन भएको हो ।
लेखनाथको तालचोकबाट सुरु भएको रत्तदानको अभियानमा पहिलो रत्तदाता शिक्षासेवी तथा डायमण्ड माविका प्राचार्य यम बहादुर रोक्कालाई ब्लड ब्याग हस्तान्त्रण गर्दै विमा अभिकर्ता संघ साखा समिति पोखराका अध्यक्ष रामप्रसाद आचार्यले अभियानलाई सफल पार्न सवैले स्वास्थ्यका मापदण्ड पालन गर्दै सहभागी हुन सवैमा अनुरोध गर्नु भएको थियो ।
रत्तदान जिवन दान जिवन दान महादान भन्ने मुल नाराका साथ संचालन गरिएको अभियान लेखनाथको कालिकाचोक, पोखराको खसिवजार, घलेचोक, विरौटा, आलुमाईलाचोक हुदै अर्चलबोट र तेस्रपट्टिमा पुगी समापन गरिएको हो ।