समाजस्थानीय

वेगनासमा व्यवसायिक फलफुल खेतीको शुभारम्भ

लेखनाथ, ११ असार ।
पोखरा महानगरपालिका वडा नं.३१ स्थित वेगनासमा व्यवसायिक फलफुल खेतीको शुभारम्भ गरिएको छ ।
पोखरा महा नगर कृषि विकास महाशाखा को प्राविधिक सहयोगमा पोखरा ३१ वेगनासमा गामपानी किसान समूहले गामपानी सामुदायिक वनको खाली रहेको क्षेत्रमा फलफुलको व्यवसायिक खेतीको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका निर्वतमान अध्यक्ष रविरमण तिवारी ले कागतीको विरुवा रोपण गरी शुभारम्भ गर्दै कृषिको व्यवसायिकीकरण वाटमात्र गाउमा आर्थीक उन्नती हने भएकाले गाउलाई कृषि र्पयटनको रुपका विकास गर्नु पर्नेमा जोड दिन किसान समुहलाई आग्रह र्गनुभयो ।
गामपानी कृषि समुहका अध्यक्ष स्यामजी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कोटदेउराली वहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र सापकोटाले कोटदेउराली सहकारी सस्थाले गाउ गाउमा समुह गठन गरी समुहको माध्यम वाट सहकारी खेती गर्न किसान समुह र राज्यका निकाय हरुका विचमा कोट देउराली वहुउद्धेश्यीय सहकारी संस्था पुलको रुपमा काम गर्ने प्रतिवद्धता जाहेर र्गनुभयो । राजेन्द्र सापकोटाले संचालन र्गनुभएको थियो भने किसान समुहले यस र्वष कागती निवुवा लगायत विभिन्न जातका १५०० भन्दा वढी फलफुलको सामुहिक खेती गरेको सुरेन्द्र सापकोटा भाटले जानकारी दिनु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: