समाचार

राष्ट्रगानका गायकमध्येका थापाको मृत्यु

विसं २०६२्/ ६३ को ज’नआ’न्दो’लन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको शुक्रबार को’रो’ना’बाट नि’धन भएको छ ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उहाँलाई गत आइतबार को’रो’ना स’ङ्क्र’मण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा शुक्रबार बिहान ६ः ०० बजे नि’धन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

उहाँको पत्नी राधा थापासमेत को’रो’ना स’ङ्क्र’मण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुनछ। उहाँकाका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने बताइएकाो छ ।

Related Articles

Back to top button
%d bloggers like this: