समाजस्थानीय

साविक माझठाना ७मा खाद्यान्न वितरण

ऋषिराम रनाभाट
लेखनाथ, १२ असार । पोखरा महानगरपालिका वडा नं. २८ साविक माझठाना ७ मा खाद्यान्य वितरण गरिएको छ । आर्थिक रुपमा विपन्न ८ घर परिवारलाई चामल २५ के जि, चना २ के जि , चिनी २के जि, चिउरा २ के जि, नुन १ के जि, सोयाबिन २ पोका, तेल १ लिटर, च्यापत्ती १ ओटा, दाल २ के जिका दरले वितरण गरिएको हो ।
पोखरा महानगरपालिका वडा नंं२८ ओख्ले निवासी समाजसेवी सन्तोष बास्तोलाको अगुवाईमा उक्त खाद्यान्न वितरण गरिएको बास्तोलाले बताए । अहिले कोरोनाको विषम परिस्थितिमा थोरै मात्रमा भएपनि खाद्यान्य वितरण गरिएको वास्तोलाले बताउँदै प्रति परिवारलाई २ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेको बताए । आगामी दिनमा पनि आफूले गर्न सक्ने सम्म सहयोग गर्ने पनि उनले व्यक्त गरे ।

Related Articles

Back to top button
%d bloggers like this: