
ऋषिराम रानाभाट
लेखनाथ, १७ असार । लायन्स क्लब अफ वेगनास तालनगरीको पद हस्तान्तरण एवम् फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष प्रभा भुजेलले अध्यक्ष , विनोद त्रिपाठीले सचिव र सपना सुवेदीले कोषाध्यक्षको पदभार ग्रहण गर्नु भयो । निवर्तमान अध्यक्ष शक्ति श्री तिवारी कोइरालाले निवर्तमान सचिव अरुण चन्द्र सुवेदी मार्फत आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण साथीहरुलाई आभार प्रकट गर्दै निर्वाचि अध्यक्ष प्रभा भुजेललाई ज्वाल हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै गरी सचिव सुवेदीले निर्णय पुस्तिका निर्वाचित सचिव विनोद त्रिपाठीलाई हस्तान्तरण गर्नु भयो ।
प्दभार ग्रहण गर्दै अध्यक्ष भुजेलले सबै साथीहरुको सल्लाह सुझाव अनुसार आफु अगाढि बढ्ने बताउँदै कार्यकाललाई स्वर्णिम कार्यकाल बनाउनका लागि सबैलाई सहयोग गर्न पनि आग्रह पनि गर्नु भयो ।
डिष्टिक एडभाइजर ऋषिराम रानाभाट, रिजन चियर पर्सन सागर लामिछाने प्रथम उपाध्यक्ष विदुर त्रिपाठी लगाएतको उपस्थिति रहेको सोही कार्यक्रममा शिशुवा अस्पता कोभिड उपचार केन्द्रमा उपचार गराइरहनु भएका १० जना कोभिडका विरामीहरुलाई फलफुल वितरण समेत गरिएको हो । अस्पतालका प्रतिनिधि अभिलाषा मिस्रले अस्पतालमा उपचार गराइरहनु भएका कोभिड विरामीहरुको वारेमा जानकारी गराउँदै विरामीहरुको मनोबल बढाउन मानविय सेवाका कार्य गरेकोमा क्लब परिवारलाई धन्यवाद दिनु भएको थियो ।