समाजस्थानीय

ग्लोवल आईएमी लधुवित्त सस्थाद्धारा सबवाहान खरिलका लागि एक लाख सहयोग

लेखनाथ,१८असार ।
परोपकार समन्वय सस्था कास्कीले अगाडी सारेको शववहान खरिद तथा संचालनका लागि ग्लोवल आईएमी लधुवित्त सस्थाले एक लाख सहयोग गरेको छ ।
विश्वमा फौलिएको कोरना भाईरसका कारण मानिसको जनजिवनमा परेको अब्ठारो अवस्थाबाट सृजित समस्यालाई ध्यानमा राखि सस्थाले अगाडी सारेको आर्थीक सहयोग संकलन अभियानमा सुक्रवार ग्लोवल आईएमी लधुवित्त सस्थाका पदाधिकारी सहितको टोलीले एक लाख बरावरको चेक हस्तान्त्रण गरेको हो ।
वि स २०७७ साल भदौं २२ गते स्थापना भएको परोपकार समन्वय समितिले विपत ब्यवस्थापनमा सहयोग पुग्ने गरि आगाडी सारेको आर्थीक सहयोग संकलन अभियानबाट सववहान खरिद गर्न गत हप्तादेखि संचालनमा ल्याएको छ ।
पोखरा २६ बुढिबजारमा प्रधान कार्यालय सस्थाका प्रमुख कार्यकारी निर्देशक हरिकृष्ण जोशी , सहायक कार्यकारी निर्देशक सर्जल खड्का,बरिष्ठ प्रवन्धक पदम घिमिरेले नागरिक परोपकार सस्थाका अध्यक्ष राजेन्द्र ओझा,उपाध्यक्ष चिरञ्जीवी तिवारी,कोषाध्यक्ष देवराज पन्थी,सदस्य सोमनाथ जमरकट्टेल (इन्द्र बिलास)अनुगमन तथा निरीक्षण सयोजक लक्ष्मी प्रसाद त्रिपाठि,सल्लाहकार सैलेन्द्र मोहन भट्टराई र कार्यलय प्रमुख मनिष घिमिरेलाई सामुहिक रुपमा उत्त चेक हस्तान्त्र गरिएको हो ।
यस अघि नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियानमा पोखरा ३० का स्थानिय समाजसेवी शिवराज न्यौपानेले १० लाख ५२ हजार रुपियाँ सहयोग प्रदान गरिसकेका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: