समाचार

देशभर बाढी पहिरोको वितण्डाः १८ दिनमा ३४ जनाको मृत्यु

काठमाडौं, असार १९ । अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि गत जेठ ३० गतेदेखि असार १८ गतेसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, नौजना महिला, तीनजना बालक र तीनजना बालिका रहेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

बाढी पहिरोमा ज्यान गुमाउने मध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा चार जना, रोल्पामा तीन जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुईरदुई जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एकरएक जना रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, छ जना बालक र तीन जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा दश जना, सिन्धुपाल्चोक र रोल्पामा पाँचरपाँच जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा तीनरतीन जना, जुम्ला र गोरखामा दुईरदुई जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा एकरएक जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, छ जना महिला, दुई जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना र बाजुरामा एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: