समाजस्थानीय

लेखनाथ सामुदायिक सेवा केन्द्रको आयोजनामा १३३ युनिट रगत संकलन

लेखनाथ,१९ असार ।
पोखरामा देखिएको रगतको अवभावलाई कम गर्न लेखनाथ सामुदायिक सेवा केन्द्रले सनिवार राखेको खुल्ला रत्तदानमा १३३ युनिट रगत संकलन भएको छ ।
कोरना भाईरसका कारण लामो समय देखि रत्तदान गर्नबाट छुटेका रत्तदाताहरुले स्वतस्फुर्त रुपमा लाईनमा नै बसेर रत्तदान गर्नु भएको थियो ।
बजारमा देखिएको रगत अभावलाई पुरा गर्न र रत्तदान जिवन दान भन्ने माहान उदेश्यलाई आत्मसाथ गर्दै महिला देखि युवाहरुको वाक्लो उपस्थितीमा सेवा केन्द्रको ईतिहासमा नै सवै भन्दा धेरै एक सय ३३ युनिट रगत संकलन भएको सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछानेले खुसि ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका पहिलो रत्तदाता २७ पटक रत्तदान गरिसेकाका तथा कार्यक्रम संयोजक सुरजंग राणालाई ब्यलड ब्याग हस्तान्त्रण गर्दै ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकालले सहयोग गर्नेहरुलाई सवै तिरबाट सहयोग मिल्ने धारणा राख्दै समाजमा शुसासन कायम गर्दै विकृती र विसंगतीका विरुद्ध सरकार र सामाजिक संघ सस्थाहरु हातेमाले गरेर अगाडी वढ्नु पर्ने सुझाव दिनु भएको थियो ।
सोही अवसरमा डाडाकोनाक प्रहरीचौकीका ईन्चार्ज प्रहरी नायव उपरिक्षक महेन्द्र मरासैनी,वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ,वडा नं ३३ का वडाअध्यक्ष शिव आचार्य,लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, जिल्ला समोन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्की, शिसुवा हस्पिटकी सुपरिटेण्डेण्ट प्रतिभा कोईराल र सेवा केन्द्रका सल्लहकार टिकारम पंगेनी, सस्थापक अध्यक्ष मोती गिरी लगाएतले रत्तदानको महत्व र निरोगीताका बारेमा जानकारी गराएका थिए ।
सस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एल पी ढुगाना र कार्यक्रम संचालन सचिव कृष्ण प्रसाद अधिकारीले गर्नु भएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: