समाचार

कास्की कांग्रेस नेता कुँवरको निधन

पोखरा — कांग्रेस नेता रामजी कुँवरको सोमबार काठमाडौंमा निधन भएको छ । ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कुँवरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

कोरोना संक्रमणका कारण उनी गत महिनादेखि काठमाडौंमा उपचार गराइरहेका थिए । कोभिड निको भए पनि स्वास्थ्यमा भने सुधार भएको थिएन ।

कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए । कुवँर मेयरमा पराजित भएका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: