रोचकविचार

अर्धौ झाझरमारे एक ऐतिहासिक पृष्ठभुमी

खगेन्द्र राज भण्ढारी

कास्की राज्यको पूर्वि क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा “अर्धौ“ धुरीका २४ थुम्का मध्ये बडाकोट ( हाल ठूलाकोट ) एक प्रमुख स्थल हो । यहाँ काल भैरव साथै चण्डी देवीको मन्दिर छ । कास्कीमा ठकुरी ( जगतिखान ) राजाहरुको अधिकार हुनु भन्दा पहिले यो ठाउँ वरिपरि गुरुङहरुको बस्ती थियोे र उनिहरुले आफ्नो सस्कार अनुसारको अर्घाे गर्ने भएकोले अर्घो शब्द को अपभ्रम्स भई “अर्धौ “ रहन गएको किम्बदन्ति पनि कतै पाइन्छ ।
अन्य धेरै मतअनुसार यहाँ पहिला कश्यप गोत्रका मानिसहरुले गाई बस्तु पालि दूध, दहि प्रशस्त पाइने स्थान अर्धय अर्थात दूध , दही को उद्गगमस्थल भएको ले यसबाट अर्ध्य , अध्य हुदै पछि पछि अध्यौ अर्थात “अर्धौ “ रहेको कुरा इतिहासमा पाइन्छ । साथै कास्कीका विभिन्न कोटहरु मध्ये चौडा , फराकिलो र विशाल रहेकोले त्या धहाँ को प्रकृतिलाइ अध्ययन गरेर ठूलाकोट भनिएको लोक इतिहासबाट पनि थाहा हुन्छ ।
यसकारण तत्कालीन समय देखिनै यस ठाउँ लाई “अर्धौ ठूलाकोट “ भनिदै आएको हुनुपर्छ । कास्की राज्य मा ठकुरी राजाको प्रवेश पछि अर्धौलाइ कास्की राज्यको पूर्वि प्रान्तको रुपमा हेर्न थालियो । कास्कीका राजा जगति खान (कुलमण्डन शाह ) (बि. स .१५२४ – १५८२ ) र भाइ खलक बसि किल्ला बन्दी गरी लमजुङ राज्य बाट आइ पर्ने खतराको चियो गर्न अर्धौकोटमा प्रान्तिय अख्तियार लिइ बसेका साइला छोरा चैतु शाह यस भेगका प्रभावशाली शासक थिए । यस कोटको सामरिक महत्व र वरिपरिका मिलेका राम्रा जग्गा हुनाले लमजुङ ले लिन चाहेको र कास्की ले जोगाउन धौ धौ परेको विभिन्न ऐतिहासिक लेख बाट थाहा पाउन सकिन्छ ।
कास्कीका राजा जगतिखान पछि उनका जेठा छोरा जलाल शाह कास्कीका राजा भए तर छिटै उनको मृत्युु भयो । मृत्युु हुदा जलाल शाह कि रानी स्वरुपावति गर्भिणी थिइन । दाजुको मृत्युु पछि अर्धौ मा उमराव भइ बसेका चैतु शाहले कास्कीको राजगद्दी माथि आफ्नो हक दावा गरे र आफ्ना काजी झाङ्गल प्रसाद अधिकारी ( कतै कतै झाङ्गल खत्री पनि भेटिन्छ ) लाई सो बन्दोबस्तका लागि तयारीमा लाग्न आदेश दिए ।
तत्कालीन काजी झाङ्गल प्रसादले जेठी रानी स्वरुपावति गर्भिणी हुनुहुन्छ , वहाँ बाट छोरा जन्मिन पनि सक्दछ । स्वरुपावति सुत्केरी नभए सम्म आफुले सो काम गर्न नसक्ने जानकारी गराए । जानकारी पश्चात् चैतु शाहले नै झाङ्गलकाजी लाई लखेटेर मार्न लगाए ।लखेट्ने सिलसिला मा उनिलाइ हालको कालिका बजार वरपरको क्षेत्रमा काटेर मारियो । त्यस समयका जनताहरुले काजी मारिएको उक्त ठाउँ लाई “झाङ्गलमारे“ भन्न थाले । यहीँ झाङ्गलमारे शब्द पछि आएर झाझरमारे रहन गएको पाइन्छ । पछि आएर यहीँ झाझरमारे बाट झाझरमारे गाउँ पञ्चायत गठन गरि यस क्षेत्र र क्षेत्रमा बसोबास गर्ने मानिसहरू को सरकारी कागजात र श्रेस्ता कायम हुदै आएको छ ।
लेखक : खगेन्द्रराज भण्ढारी , पोखरा महानगरपालिका वडा नं.२८ कालिका ।

Related Articles

Back to top button
%d bloggers like this: