समाजस्थानीयराजनिति

वेगनासतालमा सर्वोच्च अदालतको फैसलाको स्वागतमा द्धिप प्रज्वलन

ऋषिराम रानाभाट
लेखनाथ, असार २९ । पोखरा महानगरपालिका वडा नं.३१ वेगनासताल वसपार्कमा मंगलबार साँझ द्धिप प्रज्वलन गरी सर्वोच्च अदालतको फैसला स्वागत गरिएको छ ।
नेपाल तरुण दल कास्की र पोखरा महानगरपालिका वडा नं.३१ नेविसंघको संयुक्त आयोजनामा गरिएको द्धिप प्रज्वलन कार्यक्रममा पोखरा महानगरपालिका सह सभापति राजेन्द्रमणी लामिछानेले जनताको बलिदानबाट २०७२ सालमा जारी भएको संविधानलाई प्रधानमन्त्री र राष्ट्रपतीले मिच्ने काम भएको र सर्वोच्च अदालतले सच्याएको बताउँदै निति नियम र कानून भन्दा माथि कोही नभएको र कानूनलाई सबैले पालना गर्नु पर्ने बताउनु भयो । सर्वेच्च अदालको फैसलाले कानुनको पालना गर्नुपर्ने विश्वमा नै एउटा सन्देश दिएको बताउँदै राष्ट्रिय सवालका मुद्धामा सबै राजनितिक दलहरु एक जुट हुनपर्नेमा पनि लामिछानेले जोड दिनु भयो ।
यसै गरी पोखरा महानगरपालिका वडा नं३१ का पूर्व सभापति ढकनाथ कंडे्लले कार्यक्रम माथि प्रकाश पार्दै संविधानको रक्षाको लागि सर्वोच्चको फैसला आएको र फैसलालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनु भयो ।
पोखरा महानगरपालिका वडा नं.३१ कांग्रेसका युवा नेता श्रीराम कंडेलले सन्चालन गर्नु भएको कार्यक्रममा नेपाल तरुण दल कास्कीका सदस्य राम बहादुर रानाभाटले सर्वोच्च अदालतको गरेको फेसलाको स्वागत गर्दै कसैले सडकमा चर्का नारा लगाएर फैसला मान्दैनौ भन्दैमा केही नहुने बताउँदै नेपालको संविधानको रक्षका लागि, न्यायको पक्षमा नेपाल तरुण दल सदैव लडिरहने पनि बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका रानाभाटले द्धिप प्रज्वलन कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: