समाचार
पोखराका मेयर जिसीलाई थप उपचारका लागि काठमाण्डौ लगियो

१ साउन, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई थप उपचारार्थ बिहान १० बजे एभरेष्ट हेलिकोप्टर मार्फत काठमाण्डौ लगिएको छ ।
उनको थप उपचार काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा हुनेछ । आज बिहान ४ बजे अचानक अस्वस्थ भएपछि मणिपाल अस्पताल लगिएको थियो । हदयघातको आशंका गरिएको थियो ।
उच्च रक्तचापका बिरामी जिसीको बायाँ अंगमा समस्या आएको मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । अवस्था खतरामुक्त छ । ‘ भने – ‘दाहिनेतिरको नसामा सानो अवरोध देखिएको भनिएको छ । त्यसले देब्रे हरमा समस्या देखिएको हाे ।’