
लेखनाथ, साउन ५ ।
पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारीको सम्झनामा स्मृति सभा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र पोखरा ३१ले आयोजना गरेको सहिद इन्दिराको १९औं स्मृति सभाको अवसरमा नेकपा माओवादी केन्द्रका युवा नेता एवं गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइरालाले स्मृति गेटको उद्घाटन गर्नु भयो । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले सहिदहरुको योगदानबाट नै देशमा महत्वपूर्ण राजनैतिक परिर्वतनहरु भएको बताउनु भयो ।
सांसद कोइरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरर्गत आफुले पाँचलाख बजेट विनियोजन गरेर सहिद गेट र सहिद पार्कमा ट्रष्ट निर्माण गरिएको बताउनु भयो ।
यसै विच नेपाल कम्युनिष्ट पार्टी माओवादी कास्की सचिव बखान सिंह तमु आभाषले इन्दिरा तिवारी सँगको सहकार्यको स्मरण गर्नु यभो । बखानले जनयुद्धको समयमा पार्टीकामको शिलशिलामै हिड्दै गर्दा स्याङ्जाको आधिघाट कुवाकोटमा सेनाले नियन्त्रणमा लिएर २०५९ साउन ४ गते इन्दिरा तिवारीलाई मारिएको बताउनु भयो ।
माओवादी केन्द्रका प्रदेश नेता एवं संविधान सभासदस्य तेज कुमारी पौडेल (शितल ) ले देशका लागि आफ्नो जीवन वलिदान गर्ने सहिदहरुको योगदान पार्टीले विर्सन नहुनेमा जोड दिनु भयो ।
देशको परिर्वतनको लागि लडेको महान सहिदहरु सवै पार्टी र देशकै सहिद हुने भनाई उनको थियो । माओवादी नेतृ निर्मला क्रान्ति, नेकपा एमाले वडा नं ३१ का वडाध्यक्ष गणेश बहादुर थापा , एमाले जिल्ला कमिटका सदस्य गोकर्ण तिवारी, नेपाल रेडक्रस सोसाइटी वडा नं.३१ एपशाखाका सभापति रुद्ध अधिकारीले सहिदहरुले देखेको सपना पुरा गर्ने बाटोमा सवैलाग्नु पर्नेमा जोड दिनु भयो ।
देशमा राजनैतिक परिवर्तनको लागि जनयुद्धको बेला सहिद भएकाहरुको योगदान महत्वपूर्ण रहेको उनीहरुको भनाई थियो । माओवादी केन्द्रका ३१का सचिव कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सहिद तिवारीकी छोरी गंगा तिवारीले सहित इन्दिरा तिवारीको जीवनीका वारेमा स्पष्ट पार्नु भएको थियो भने गेट निर्माण समितिका अध्यक्ष देवेन्द्र अधिकारीले स्वागत र भिम बहादुर गुरुङले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।