
ऋषिराम रानाभाट
लेखनाथ, साउन ९ । पोखरा महानगरपालिका वडा नं.३१ वेगनासताल निवासी धु्रज राज त्रिपाठीले आफ्नो जन्म दिनको अवसरमा मृगौला रोगीलाई आर्थिक सहयोग गर्नु भएको छ ।
आफ्नी पत्नी रेशमा त्रिपाठीका साथमा पचभैया देउरालीमा उपस्थित भएका त्रिपाठीले पोखरा महानगरपालिका वडा नं.३१ पचभैया गुरुङ गाउँ निवासी ३७ वर्षका निल बहादुर गुरुङलाई नगद रु दश हजार हस्तान्तरण गर्नु भयो ।
प्रत्येक वर्ष आफ्नो जन्म दिनको अवसरमा सामाजिक तथा मानविय सेवाका कार्यमा आफ्नो जन्म दिन मनाउँदै आउनु भएका त्रिपाठीले शनिवार दुवै मृगोला फेल भएका विरामी गुरुङलाई सो रकम सहयोग गर्नु भएको हो ।
आफ्नो सानो सहयोगले विरामीलाई थप होसला पुगोस भन्ने उद्धेशय र मनोरन्जन कार्यमा फजुल खर्च गरेर भन्दा सामाजिक एवम् मानविय सेवामा सहयोग गर्दा आफूलाई सन्तुष्टि मिलेको बताउँदै विरामी गुरुङको स्वास्थ्य लाभको समेत कामना पनि गर्नु भयो ।
मृगौला विरामी गुरुङले रुदै भने “हप्तामा २ पटक डायलसिस गर्नुपछ, मेरो श्रीमती, २ ओटा साना छोराहरुको विचल्ली भयो । श्रीमतीले निवेक गरेर परिवारको गुजारा चलेको छ, त्यही पनि कोरोनाले गर्दा विहान वेलुका छाक टार्न पनि समस्या परेको छ ।” आफ्नो परिवार विचल्ली भएकाले सहयोग गर्न पनि गुरुङले सबैसँग अपिल गरेका छन् ।