समाजस्थानीय

रुपाको देउराली मा रक्तदान कार्यक्रम सम्पन्न

लेखनाथ, ३१ साउन ।
रुपा गाउँपालिका वडा न ५ देउराली बजारमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटि र नेपाल रेडक्रस सोसाइटी रुपा ३, ४ र ५ देउराली उपशाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मा ६६ युनिट रगत संकलन भएको थियो ।

अहिलेको विषम परिस्थितिमा रगतको अभाभ नहोस भन्ने हेतुले आयोजना गरिएको सो कार्यक्रम लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटिका अध्यक्ष बलराम बराल तथा रेड्क्रस उपशाखा सभापती महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नबराज ओझा, एन एल चिफ सैलेन्द्र मोहन भट्टराई, लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटि को सचिब सुरेन श्रेष्ठ
लगाएतले रक्तदानको महत्वको वारेमा चर्चा गर्नु भएको थियो भने फेदी नेवाः सांस्कृति गुठीले टेन्ड, विजय जोशीले साउण्ड सिस्टमको सौजन्य गर्नु भएको सुरेन श्रेष्ठले जानकारी दिनु भयो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: