समाचार

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

काठमाडौँ , भदौ ८—संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।

काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भाैतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेकाे जानकारी दिए ।

३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकाेले उनीहरूका लागि काेभिड दिन सकिने बताउँदै बिद्यार्थीलाई खाेप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए । सचिव थपलियाले अहिले भाैतिक रूपमै परीक्षा लिने वातावरण बनेकाे  बताउँदै स्वास्थ्य मन्त्रालयकाे सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए ।

Related Articles

Back to top button
%d bloggers like this: