
९ भदौ, पोखरा – पोखराका विभिन्न स्थानमा दोस्रो चरणको भेरोसेल खोप लगाइने भएको छ ।
पोखरा महानगरपालिका स्वास्थ्य माहाशाखाका अनुसार साउन २२ गते भन्दा अगाडि भेरोसेलको पहिलो मात्राको खोप लगाएका व्यक्तिहरुका लागी आउदो शुक्रबार पोखराका विभिन्न ८ स्थानमा दोस्रो चरणको खोप लगाइने भएको हो । विभिन्न ८ स्थानमा दोस्रो मात्राको भेरोसेल खोप लगाइने भएको हो।
पोखराको शहरी स्वास्थ केन्द्र बगर, अमरसिहं मावि, जनप्रकाश मावि भण्डारढिक, बाराही मावि मालेपाटन, जनप्रिय मावि सिमलचौर, नवप्रभात मावि, कन्या मावि, र श्रीराम मावि खोप केन्द रहेका छन् ।
उक्त केन्द्रहरुमा महाशाखाले उल्लेख गरेका यातायात कम्पनीका चालक सहचालक, पर्यटन वाहन, ग्यास, पानी, डेरी र पेट्रोलियममा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कर्मचारी, पत्रकार संचारकर्मी र सुरक्षाकर्मीहरुलाई खोप दिइने छ।
खोप लगाउन जाने सबैले अनिवार्य खोप कार्ड लिएर जानुपर्नेछ।