समाजस्थानीय

लायन्स क्लव पोखरा लेखनाथको रत्तदान ३३ युनिट रगत संकलन

लेखनाथ, ९ भदौ । लायन्स क्लव अफ पोखरा लेखनाथ तथा पोखरा लेखनाथ आरंभको संयुक्त आयोजनामा भएको रत्तदानमा ३३ युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिका वडा नं २७ को अर्घौचोकमा भएको रक्तदानमा पहिलो रत्तदाता लायन्स क्लव पोखरा लेखनाथ आरंभकी अध्यक्ष आरती पन्थलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लायन्स क्लव ३२५ वी १ नेपालका पुर्व गभर्नल ध्रुव थापाले रगतको अभावले कोहीले पनि ज्यान गुमाउन नपरोस भन्दै रत्तदानको क्षेत्रमा लायन्स क्लवले अभियान नै संचालन गरेको बताउनु भएको थियो ।

क्लवका अध्यक्ष घनश्याम ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,कलस्टर प्रमुख मधुसुधन कोईराला, एन एल चिफ शैलेन्द्र मोहन भटराई,आई एम कोडिनेटर मोतोराज तिमिल्सेना,रिजन चियर प्रशन कृष्ण प्रसाद तिमिल्सेना,ब्लड डोनेसन चिफ महोश्वर पौडेल,क्लवका सस्थापक अध्यक्ष हरि वस्ताकोटी,समाजसेवी राजेन्दमणि लामिछाने, लेखनाथ उद्योग बाणिज्य संघक उप महासचिव उपेनद्रराज सुवेदी,कोषाध्यक्ष जानुका अधिकारी,सदस्य रामजी पौडेल,ईन्दिरा रोक्का,संघका पुर्व महासचिव भरत कुमार अधिकारी, पुर्व द्धितिय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ लगाएतले रत्तदानको महत्व र उपयोगीताका बारेका प्रकाश पारेका थिए ।

क्लवका प्रथम उपाध्यक्ष आनन्द बजगाईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अर्जुन भुजेलले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: