Site icon Gaule Media ::

प्रदेश एकमा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

१० भदौ, विराटनगर । विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै एमालेकै नेता भीम आचार्यले शपथ लिएका छन् । उनले केहीबेरअघि शपथ लिएका हुन् ।

उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाएका हुन् । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता बनाइएको थियो ।
यसअघि माधवकुमार नेपाल समूहमा रहेका नेता आचार्यले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए ।

Exit mobile version