स्वास्थ्यसमाजस्थानीय

श्री कृष्ण जन्माष्टमीका अवसरमा वृक्षारोपण

ऋषिराम रानाभाट
लेखनाथ, १४ भदौ– श्रीकृष्ण जन्माष्टमीका अवसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेगनास तालनगरीले सोमबार पोखरा ३१ शिव गोरखाथ पिठाधिस शिद्धाश्रम परिसरमा बृक्षारोपण गरेको हो ।
कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रि ३२५ वि १ नेपालका क्लसटर प्रमुख शान्त थापाले मानव जीवनका लागि शुद्ध अक्सिजन आवश्यक पर्ने र सोका लागि बोटविरुवाको धेरै महत्वपूर्ण हुने कुरामा जोड दिनु भयो ।
त्यस्तै गरी डिष्ट्रिक एडभाइजर एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, जोन चियर पर्सन सूर्य प्रसाद ढुंगाना, डिष्ट्रिक कमिटि चियर पर्सन केशव राज तिवारी लगाएतले वृक्षारोपणको आवश्यकता र ओचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
क्लबका सचिव विनोद त्रिपाठी सञ्चालन गर्नु भएको कार्यक्रममा कार्यक्रम संयोजक एवम् कोषाध्यक्ष सपना सुवेदी धन्यवाद ज्ञापन गर्नु भएको थियो । क्लबका अध्यक्ष प्रभा भुजेलले स्वागत गर्दै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएको क्लबका प्रथम उपाध्यक्ष बिदुर त्रिपाठीले गाउँले मिडियालाई जानकारी दिनु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: