
लेखनाथ, १६ असोज । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले १९ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक तथा मानविय सेवमा सक्रिय रहेको क्लबले राखेको १९ औं खुल्ला रक्तदानमा ५३ युनिट रगत संकलन भएको हो ।
रक्तदान जिवन दान, जिवन दान महादान भन्ने उद्धेश्यलाई आत्न्म साथ गर्दै वार्षिक रुपमा आयोजना गर्दै आएको १९ औं खुल्ला रक्तदान कार्यक्रममा पहिलो रक्तदाता जितेन्द्र क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय काम गरेर देखाएकोमा क्लवको प्रशंसा गर्दै स्थानीय स्तरको विकास निर्माणमा युवाको सहभागीता रहनु सकारात्मक भएको वताउनु भयो ।
क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, क्लवका कोषाध्यक्ष सागर गुरुङ , कार्यक्रम संयोजक राजकुमार गुरुङ लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा बोल्नु भएको थियो ।
यसै वर्ष क्लवले कोभिडका समयमा बजारमा देखिएको रगतको अभावलाई पुरा गर्न तीन पटक आकस्मिक रक्तदानको समेत आयोजना गरेको थियो ।