
लेखनाथ, १६ असोज । पोखरा २६ बिजयपुरको बिजयपुरमा रहेको सत्याता बचत तथा ऋण सहकारी सस्था नवौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा लक्ष्य प्राप्ती तर्फ उन्मुख सहकारीले सनिवार आफनो नवौं बार्षिक साधारण सभा मनाएको हो ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी महासाखाका अध्यक्ष तेज नारायण अधिकारीले सहकारीले न्यून आय भएकालाई गर्जो टार्ने गरि नयाँ नयाँ कार्यक्रम ल्याएर आर्थीक गतिविधीको माध्यमबाट सम्पन्ता तर्फ उन्मुख गराउनु पर्नेमा जोड दिदै सहकारीका सवै सेयर सदस्यहरु लाई ब्यवसाय तर्फ अग्रसर हुने वातावरण ल्याउनु पर्ने सुझाव राख्नु भएको थियो ।
सस्थाका अध्यक्ष खड्क बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल,रामज्याती मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र·नाथ तिमिल्सेना,मुत्तिनाथ विकास बैक बुढिबजार साखाका प्रमुख रामचन्द्र रानाभाट,गरिमा विकास बैक तालचाक साखाका प्रमुख सुर्य बहादुर रानाभाट,सस्थाका सल्लाहकार नरभुपाल पौडेल लगाएतले सत्यता सहकारीले आफनो नाम अनुसारको काम गरेर सेयर सदस्यको मन जित्न सफल भएकाले आगामी दिनमा पनि सस्थागतहित र मर्यादित तरिकाले आय आर्जनको क्षेत्रमा लगानी वढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
सोही अवसरमा असल बचताकर्ता तर्फ दिपक अधिकारी,सुलोचना रानाभाट,असल लगानीकर्ता तर्फ फडिन्द्र प्रसाद न्यौपाने,खगी भुजेल र लेखा समितीका सदस्य प्रमाद रानाभाटलाई सम्मान गरिएको थियो । ।सस्थाका उपाध्यक्ष निकिता सुवेदीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन कर्जा उप समितिका संयोजक पुष्पराज बरालले गर्नु भएको थियो भने सस्थामा रहेका पाँच सय ९० सेयर सदस्यहरुको सेयर पुजी दुई करोड १८ लाख ४७ हजार तिन सय रहेको छ ।