
लेखनाथ,१६ असोज। पोखरा महानगरपालिका वडा नं.–२७ मा रहेको सर्वेश्वर बचत तथा ऋण सहकारी सस्ंथाले विविध कार्यक्रमका साथ आफनो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सस्थाकी जेष्ठ सदस्य मगंलादेवि तिमिल्सेनाले सहकारीले स्थानिय स्थरको स्रोत र साधानको प्रयोग गरि सेयर सदस्यको आय आर्जनमा बढवा दिने खालका कार्यक्रम ल्याउनु पर्ने सुझाव राख्नु भएको थियो ।
सस्थाका अध्यक्ष चक्र बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा असल बचतकर्ता तर्फ आरती पौडेल असल ऋणी तर्फ देबी कुमारी तमाङ उत्कृष्ट कारोबारी तर्फ सिता बल्छौडीलाई सम्मान गरिएको थियो भने सस्थाले राखेको रत्तदानमा एकै परिवारका सयूंक्त रुपमा रक्तदान गर्ने रक्तदाताहरुलाई पनि सम्मान गरिएको थियो । यसैगरि कर्तब्यनिष्ट कार्यरत कर्मचारी स–व्यवस्थापक सुष्मा अधिकारी, बजार प्रतिनिभि दुर्गा पौडेललाई पनि सम्मान गरिएको थियो ।
सस्थाका उपाध्यक्ष डम्मर प्रसाद पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा शेयर सदस्य चन्द्रकान्त पौडेल र नेत्रपाणी बास्तोलाले सहकारीले सेयर सदस्यले जम्मा गरेको सेयर पुजीलाई उत्पादनसिल क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएको उत्त कार्यक्रमको संचालन सचिव अमृता बास्तोलाले गरेकी थिईन