राजनितिगण्डकी प्रदेश

नेकपा कास्कीद्धारा जिल्ला प्रशासन कार्यलय कास्कीमा धर्ना

तिन बुँदे सहमती कार्यन्वयन गर्न माग

पोखरा, १८ असोज । तिन बुँदे सहमती तदारुकताका साथ कार्वन्वयन गर्न र सम्पुर्ण राजबन्दीहरुको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गर्दै आज नेकपा कास्कीले जिल्ला प्रशासन कार्यलय कास्कीमा धर्ना दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्यलयमा देशब्यापी रुपमा बिरोध प्रदर्शन गरिएको हो ।
बिरोध जनाउने कार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी कास्कीले आज जिल्ला प्रशासन कार्यलय कास्कीको गेटमा पुगी नारा सहित एक घण्टा धर्ना कार्यक्रम गरेको हो ।
राज्यले आफ्ना नेता कार्यकर्ताहरुलाई आँफैले बनाएको संबिधान बिपरीत पक्राउ गर्ने, झुठा मुद्दा लगाउने र जेल हिरासतमा राखेको साथै सरकार संग भएको तिन बुदे सहमति कार्यन्वयन नभएको अवस्थामा नेकपा कास्कीले धर्ना सहित बिरोध जनाएको छ भने तिन बुँदे सहमतिलाई सरकारले यथाशीघ्र कार्यन्वयन गर्नुपर्ने माग समेत राखेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: