
ऋषिराम रानाभाट
लेखनाथ, १८ असोज । पोखरा महानगरापालिका वडा नं.२८ माझठाना स्थित कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई विदाई तथा कक्षा ११ को विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको हो ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा उक्त कार्यक्रम सोमबार एक कार्यक्रम गरी सम्पन्न भएको हो ।
विद्यार्थी रुसिना नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी, सहायक प्रधानाध्यापक भेषराज सुवेदीले विद्यार्थीहरुले अफ्नो लक्ष्यमा पुग्न आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो ।
त्यस्तै गरी शिक्षक ऋषिराम रानाभाट, उदयराज ओझा, पार्वती गुरुङ, हुमनाथ अधिकारी लगाएतले विद्यार्थीहरुको जिवनमा अनुशासनको महत्व हुने भएकाले अनुशासनलाई कायम राख्दै आफ्नो अध्ययन कार्यलाई अगाढि बढाउन आग्रह गर्दै उत्कृष्ट नतिजाको शुभकामना दिनु भयो ।
यसै गरी विदाइ भएका विद्यार्थीहरुको तर्फबाट सबिना भर्तेल र भुवनेश्वर तिवारीले शिक्षकहरुले दिनु भएको शिक्षालाई आत्म साथ गर्दै आगामी दिनमा पनि भविष्य निर्माणका लागि अनुशासित भएर आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कक्षा ११ को तर्फबाट विद्यार्थी विनोद रानाभाट र रेवती तिमिल्सिनाले भविष्य निर्माणका लागि अध्ययन कार्य अति नै महत्वपूर्ण हुने भन्दै अग्रज दाइ दिदीहरुको सुझाव र शिक्षकहरुले दिएको शिक्षालाई आत्मसाथ गर्दै अगाढि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए विद्यार्थी दिप्ती गुरुङले स्वागत गरेकी थिइन भने विद्यार्थी अन्जना तिवारी र साजन सुनारले कार्यक्रम सञ्चालन गरेका थिए भने विदाइ भएका र कक्षा ११ मा पढने विद्यार्थीहरुलाई लाई मायाँको चिनो समेत प्रदान गरिएको कार्यक्रममा विद्यार्थीहरुले विचविचमा मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।