ङयोए तमु धिंको २० औं साधारण सभा सम्पन्न

लेखनाथ,२० असोज।
लेखनाथ नगर क्षेत्र भित्र विभिन्न ठाँउमा छरिएर रहेका गुरुङ समुदायको साझा सस्था ङयोए तमु धिं लेखनाथको २० औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङले आफनो धर्म र सस्कृतीको संरक्षण गर्दै युवा वर्गलाई आफनो भाषा र सस्कृतीका बारेमा जानकारी गराउनु पर्ने सुझाव राखे थिए ।
ङयोए तमु धिं लेखनाथका अध्यक्ष मन वहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त गोर्खा भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङले कोभिदका कारण मारमा परेका आम समुदायको हितमा सस्थाले काम गर्नु पर्नेमा जोड दिदै नजिकीदै गरेका चाडवाडमा स्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गरेर आफनो मौलीक सस्कृतीलाई जोगाई राख्ने खालका कार्यक्रमहरु मात्र संचालन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
सोही अवसरमा सस्थाका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङले तमु धि नेपाल र ङयोए तमु धिका विच कार्यगत एकता र एकिकरणको आवस्यकता रहेको विचार राखेका थिए ।
सस्थाका महासचिव चिन बहादुर गुरुङले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष काशीमायाँ गुरुङले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही भेलाले कोभिदका कारण सस्थाको नवौं अधिवेसन छ महिना पछि गर्ने निर्णय समेत गरेको छ ।