Site icon Gaule Media ::

पोखरामा सडक दौड प्रतियोगितामा सम्पन्न

पोखरा, २१ असोज । पोखरामा खुल्ला दश किलो मिटर र विद्यालय स्तरीय ५ किलोमिटर महिला÷पुरुष दौड प्रतियोगिता सम्पन्न भएको छ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको दौड प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका उपप्रमुख मन्जु देवि गरुङले गर्नु भएको थियो । खुल्ला महिला तर्फको दश किमी सडक दोडक प्रतियोगितामा ५१ मिनेट ३८ सेकेण्डमा दुरी पार गदै नेपाली सेनाकी सेमकली जैसी प्रथम, ५३ मिनेट ११ सेकेण्डमा दुरी पार गदै नेपाली सेनाकै गोमा पुन द्धितिय र ५५ मिनेट ५३ सेकेण्डमा दुरी पुरा गदै नेपाली सेनाकै मनासरा कुमाँल तृतिय स्थान बनाउन सफल भएका थिए ।

त्यस्तै ,पुरुष दश किमी खुृल्ला सडक दौडमा नेपाली सेनाका नरेन्द्रसिंह राउत प्रथम भएका छन्। उनले ३३ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए। दोस्रोमा ४० मिनेट ५ सेकेण्डमा दुरी पार गदै नेपाली सेनाका रामजी बस्नेत भए भने शसस्त्र प्रहरी बलका निरोज भट्ट क्षेत्री ४० मिनेट १५ सेकेण्डमा दुरी पुरा गदै तेश्रो भएका थिए ।

प्रतियोगितामा विद्यालयस्तरीय छात्रा तर्फको ५ किमि सडक दौड प्रतियोगितामा कास्की मोर्डनाइज्डकी यमुना थापा, राष्ट्रिय मा.वि.का संगीता विक द्धितिय , कास्की मोर्डनाइज्डकी दिलमाया पुलामी तुतिय स्थान बनाउन सफल भएका थिए ।

यसै गरी छात्र तर्फको ५ किमि प्रतिस्पर्धामा जनप्रिय माविका प्रविन शेर्पा प्रथम, छोरेपाटन माविका मनोज रोकामगर द्धितिय र सिद्ध माविका विमल पुन मगर तृतिय भएका थिए ।

छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ र महिला तथा पुरुष खुल्ला १० किलोमिटर दौड विजेतालाई १५, १० र ७ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त सडक दौड प्रतियोगितामा विजेता छात्रा तथा छात्र एवं खुल्ला तर्फका महिला तथा पुरुष धावकहरुलाई पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार सदस्य सचिव सुवास खड्का, महानगरका शिक्षा अधिकृत सोमनाथ भण्डारी तथा जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष तोरण बानियाँ, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नगदसहित पदकतथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

दौडमा विद्यालय प्रतिस्पर्धामा ३३२ जना, खुल्ला महिला तथा पुरुष तर्फ ३०० जनाको सहभागिता रहेको थियो।

Exit mobile version