समाजस्थानीय

जन्म दिनको अवसरमा विपन्न परिवारलाइ सहयोग

ऋषिराम रानाभाट
लेखनाथ, ५ कार्तिक । लायन्स क्लब अफ वेगनास तालनगरीका अध्यक्ष प्रभा भुजेल र प्रताप भुजेलका छोरा प्रभान भुजेलको जन्म दिनको अवसरमा विपन्न परिवारलाई सहयोग गरेका छन् । पोखरा ३० निवासी लक्ष्मी ओझाको परिवारलाई शुक्रबार एक कार्यक्रम गरी ओझाका छोरा मिलन ओझा र मिसन ओझालाई विद्यालय पोशाक, शैक्षिक सामग्रीहरु र खाद्यान्न सामग्रीहरु वितरण गरिएको हो ।
सहयोग कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका विभागिय प्रमुख सूर्य नारायण बरालले लायन्स क्लबले आपत विपतमा परेको वेलामा मानविय सेवाका कार्यहरु गर्ने बताउँदै लायन्स क्बल अफ वेगनास तालनगरीले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गर्नु भयो । यसै गरी क्लस्टर प्रमुख शान्त थापाले असहज परिस्थितिलाई सहज परिस्थिती बनाउने काम लायन्स क्लबले गर्ने बताउँदै लायन्स क्लबहरुले नेपालमा विभिनन सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएको चर्चा गर्नु भयो ।
यस्तै गरी सल्लाहकार एवं क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, जोन चियर पर्सन सूर्य प्रसाद ढुंगाना , तिन पिप्ले टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त देवकोटा लगाएतले लायन्स क्लबका वारेमा चर्चा गर्नु भएको थियो । क्लबका अध्यक्ष प्रभा भुजेलले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो । क्लबका पदाधिारीहरु , विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका व्यक्तिहरुको समेत उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन क्लबका सचिव विनोद त्रिपाठीले गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: