समाचार

थमन परियार १७ औं स्मृति सभा सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, ६ कार्तिक । स्वर्गिय थमन परियारको १७ औं स्मृति सभा सम्पन्न भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति सभा शनिवार एक कार्यक्रमका विच सम्पन्न भएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेशका अध्यक्ष हरिराज अधिकारीले स्वर्गिय थमन परियार कलाकार, पत्रकार, राजनीतिक जुझारु कार्यकर्ता भएको स्मरण गर्दै सबै नेता देखि कार्यकर्ताहरुले थमन परियारको विचारलाई आत्मसाथ गर्दै आफ्नो व्यवहारमा परिवर्तन ल्याइ पार्टीले अगाडि सारेको समाजवाद निर्माणको रणनितिका लागि बैचारिक तरिकाले आक्रमक र सांगठनिक रुपमा एक भएर अगाडि बढ्ने बेला आएको बताउनु भयो ।
यसै गरी माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले थमन परियारले आफ्नो पारिवारिक समस्यालाई पनि वास्ता नगरी पार्टीको आन्दोलनमा होमिएको स्मरा गर्दै जसको योगदानले अहिलेको राजनितिक परिवर्नन आएको बताउनु भयो । नेपाली कांग्रेस र एमाले देशलाई यथास्थितिमा लैजान खोजेको आरोप लगाउँदै पार्टीले विगत र अहिलेको समिक्षा गर्दै समाजवादी क्रान्तिको तयारीमा रहेको जानकारी दिनु भयो ।
सोही कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रिय सदस्य रामराज रेग्मी, सल्लाहकार कोमलनाथ बराल, झलकपाणी तिवारी, माओवादी केन्द्रका कास्की जिल्लाका संयोजक बखान सिंह तमु, प्रदेश सांसद दिपक कोइराला, पोखरा महानगरपालिका अध्यक्ष विश्व प्रकाश लामिछाने संविधान सभा सदस्य तेज कुमारी पौडेल लगाएतले थमन परियारको योगदानको चर्चा गर्दै पार्टीले शाहदत हुने कार्यकर्ताहरुलाई राष्ट्रिय शहिदको घोषणा गर्न पहल गर्नुपर्ने बताउँदै पार्टीका नेता तथा कार्यकर्ताहरुले आत्मसमिक्षा गर्दै एक जुट भएर आगामी निर्वाचनमा लाग्न सके मात्र सहिदहरुको सपना पुरा गर्न सकिने धारणा राख्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष लाल मोहन तिवारीले प्रतिष्ठानले विगतमा गरेको कामको वारेमा चर्चा गर्दै थमन परियारको विचारलाई समाजमा स्थापित गर्न प्रतिष्ठान लागि परेको बताउनु भयो ।
गोपालमणी लामिछानले सञ्चालन गर्नु भएको कार्यक्रममा थमन परियारका छोरा सन्तोष परियारले स्वागत गर्नु भएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: