समाजस्थानीय

कोट देउराली बहुुउद्धेश्यीय सहकारीको तेस्रो साधारण सभा सम्पन्न

लेखनाथ, ६ कार्तिक । पोखरा ३१ मा रहेकोे कोट देउराली बहुुउद्धेश्यीय सहकारीले आफनो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
विश्वब्यापी रुपमा फौलिएको कोरना भाईरसबाट बच्न स्वास्थ्य सुुरक्षालाई मध्यनजर राख्दै शनिवार एक कार्यक्रमका विच तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका उप प्रमुख मञ्जु गुरुङले छरिएर रहेको पूजिलाई एकिकृत गरी सहकारीहरुको माध्यमबाट उद्योग र उत्पादनमा लगानी गरी सहकारीले आफ्नो सेवा विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
यसै गरी सोही कार्यक्रममा वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापाले सहकारीले आफ्नो पहिचान बनाउने गरी सहकारीको उद्धेश्य अनुुसार कार्य गर्न सुुझाव दिनुु भयो ।
सस्थाका अध्यक्ष सुुरेन्द्र सापकोटा भाटले अध्यक्षको प्रतिवेदन प्रस्तुुत गर्दै सहकारीको भावी रणनीतिका वारेमा चर्चा गर्दै सवै सेयर सदस्यहरुको साथ र सहयोगले लक्ष्य अनुसारको प्रगति गर्न सफल भएको विचार राख्नुु भएको थियो ।
यसै गरी सहकारीका सचिव प्रकाश चन्द्र कंडेलद्धारा प्रस्तुुत सचिवको प्रतिवेदन, लेखा समितिका संयोजक चित्रनाथ भट्टराइद्धारा प्रस्तुुत लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो भने सहकारीका अध्यक्ष सुुरेन्द्र सापकोटा भाटको अध्यक्षतामा सम्पन्न साधारण सभामा भरत तिवारीलाई उत्कृष्ट बचतकर्ता, अञ्जु परियारलाई उत्कृष्ट ऋण कारोबारी, देबु कंडेललाई उत्कृष्ट कृषक महिला, मधुसुधन तिवारीलाई उत्कृष्ट कृषक पुरुष, जेष्ठ नागरीक सोमलाल तिवारीलाई सम्मान समेत गरिएको थियो भने सचिव प्रकास चन्द्र कंडेलले कार्यक्रम सञ्चालन गर्नु भएको सहकारीका व्यवस्थापक प्रविण कंडेलले जानकारी दिनु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: