समाचार

अफगानिस्तानलाई नरक हुनबाट बचाउन शान्ति समाजको आग्रह

काठमाण्डौ, ७ कार्तिक । मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवस २४ अक्टोवरका अवसरमा काठमाण्डौ माइतिघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा राष्ट्रसंघ ः अफगानिस्तानलाई नरक हुनबाट बचाउ, तालिवानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिवानको शासनमा स्वतन्त्रता कहाँ छ ?, तालिवानको पहिचान ः महिलाको अपमान, तालिवानको शासनमा असुरक्षित महिला लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
धर्ना प्रदर्शनमा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिव नम्रता खरेल, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, काठमाण्डौ शाखा कार्यवाहक सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, पूर्व केन्द्रीय कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, पूर्व केन्द्रीय सदस्य गीता तिमल्सिना लगायत अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
यसैगरी संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा कात्र्तिक ७ गते शान्ति समाजका चितवन, दाङ, रुपन्देही शाखाहरुले प्रदर्शन गरेका छन् । वुटवलमा आयोजित प्रदर्शनमा केन्द्रीय सभापति गोविन्द खनालले तालिवानी शासन क्रुरताको पर्याय भएको बताउँदै अफगानीस्तानका नागरिकको मानव अधिकार रक्षाका लागि राष्ट्रसंघले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
द्वितिय विश्वयुद्धको समाप्ती लगत्तै १९४५ अक्टोवर २४ को दिन संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने उद्देश्यले स्थापित संयुक्त राष्ट्रसंघलाई विश्व शान्तिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न मानव अधिकार तथा शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: