अर्थ खबरसमाजस्थानीय

सांग्रिला डेभलोपमेन्ट बैंक तालचोक शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ , ९ कार्तिक । पोखरा महानगरपालिका २७ तालचोकमा रहेको सांग्रिला डेभलोपमेन्ट बैंक लि. शाखाले वित्तिय साक्षरता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैकको १७ औं वाषिकोत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा मंगलबार एक कार्यक्रम गरी उक्त कार्यक्र सम्पन्न गरेको हो ।
विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा तालचोक शाखाका शाखा प्रबन्धक बिजय राज कंडेलले बैंक भनेको के हो र बैंकको आवश्यकता, खाता सञ्चालन, बचत , विमा, लगानी , विप्रेषण लगाएतका विषयमा सहजीकरण गर्नु भएको थियो ।


वार्षिकोत्सवको अवसरमा बैंकले निशुल्क डिम्याट खाता सञ्चालनको सुविधा समेत प्रदान गरेको शाखा प्रबन्धक कंडेलले जानकारी दिंदै बैंकले २०७८ असोज मसान्त सम्म ४६.९१ अर्व कुल निक्षेप संकलन गरी ४१.२४ अर्व कर्जा लगानी गर्न सफल भएको बताउनु भयो । २०६० सालमा नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी स्थानिय विकासको आधार भन्ने बैंकको मुल नारालाई आत्मसाथ गर्दै आर्थिक कारोबार सुरु गरेको बैकले मोवाइल बैकिङ सेवा, एस एम एस बैंकिङ सेवा, इन्टरनेट बैकिङ, ए.टि.एम को सुविधा, ए वि वि एस सेवाका साथै आवधिक कर्जा, ओभर ड्राफ्ट कर्जा, महिला उद्यमशिल कर्जा कृषि कर्जा लगाएतका विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आइरहेको समेत कंडेलले बताउनु भयो ।


शाखाका कर्जा प्रमुख विकेश ज्वारचन , सि एस डी प्रमुख प्रमिला अधिकारीको उपस्थिति रहेको उक्त कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी उक्त वित्तिय साक्षरता सचेतना कार्यक्रम सञ्चालन गरिएको शाखा प्रबन्धक कंडेलले गाउँले मिडियालाई जानकारी दिनु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: