समाचार

सेभेन लेक कृषि सहकारीको अध्यक्षमा तिमिल्सिना

कार्तिक १३, लेखनाथ । पोखरा महानगरपालिका वडा नं २६ को बुढिबजारमा रहेको सेभेन लेक कृषि सहकारी सस्थाको अध्यक्षमा रामचन्द्र तिमिल्सिना चयन हुनभएको छ । सहकारीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शनिवार सम्पन्न सहकारीको अधिवेसनले समितिको उपाध्यक्षमा कुशराज तिमिल्सिना,सचिबमा सुबिन तिमिल्सिना र कोषाधक्षमा कृष्ण प्रसाद अधिकारीलाई चयन गरेका हो भने समितिको सदस्यहरुमा सदस्य ध्रुब थापा,कुमार बहादुर क्षेत्री र सुजा गुरुङ रहनु भएको छ ।
यसैगरि सोही भेलाले लेखा समिति सम्योजकमा राजु अधिकारि र सदस्यमा कर्ण बहादुर भुजेल र जुना देबकोटालाई चयन गरेको हो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले सहकारी सहकारी विच कार्यगत एकता गरि सामुहिक लगानीमा उत्पादनसिल क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राख्नु भएको थियो ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहकारीहरु संगठीत भएर कार्यगत एकता आवस्यक रहेको विचार राख्नु भएको थियो भने सस्थाका सल्लाहकार सोमलाल कडेलले सहकारीको मुल्य र मान्यता अनुसार अगाडी वढ्न नसकेकाले समय परिवेस अनुरुप आफना सेवालाई परिमार्जन गर्दै अगाडी वढ्नु पर्ने आवस्यकता औल्याउनु भएको थियो ।

कार्यक्रममा छिमेकी सहकारीहरुको तर्फबाट लक्ष्मीप्रसाद त्रिपाठी,सुर्य भण्डारी,सल्लाहकार विष्णु पुन र लेखा समितिका संयोजक राजु अधिकारी लगाएतले आफनो भनाई राख्नु भएको थियो । सोही अवसरमा सस्थाका सेयर सदस्य विभिन्न सामाजिक क्षेत्रमा निर्वाचित हुनु भएकोमा जिवन तिवारी, विष्णु पुन,सुविन तिमिल्सीना,उत्कृष्ठ कर्मचारी तर्फ सुभाष थापा, उत्कृष्ठ कृर्षक तर्फ शिव कुमार पौडेल,जेष्ठ सेयर सदस्य प्रमोद पौडेल,उत्कृष्ठ बचतकर्ता तर्फ विकाश गौतम र असल ऋणिमा दुर्गा रानाभाटलाई सम्मान समेत गरिएको थियो ।

सस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुविन तिमिल्सीना र स्वागत मन्तव्य उपाध्यक्ष कुशराज तिमिल्सीनाले गर्नु भएको थियो । सस्थाले छोटो समयमा एक हजार एक सय ७९सयेर सदस्यहरुबाट दुई करोड ७८ लाख ४८ हजार सेयर पुजी बनाउन सफल भएको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: