
ऋषिराम रानाभाट
लेखनाथ , १४ कार्तिक । पोखरा महानगरपालिका २७ तालचोकमा रहेको सांग्रिला डेभलोपमेन्ट बैंक लि. शाखाले लेखनाथका विभिन्न टोल समूहमा गई बैंकले प्रदान गरिरहेको सेवा सुविधाका वारेमा जानकारी गराएको हो । शाखाका शाखा प्रबन्धक विजय राज कंडेलको नेतृत्वमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले नयाँ खातााहरु खोलेको शाखा प्रबन्धक कंडेलले जानकारी दिनु भयो ।
२०६० सालमा नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी स्थानिय विकासको आधार भन्ने बैंकको मुल नारालाई आत्मसाथ गर्दै आर्थिक कारोबार सुरु गरेको सांग्रिला डेभलोपमेन्ट बैंकले आफ्नो १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क बित्तीय साक्षरता कार्यक्रम, शाखा विस्तार, घरदैलो कार्यक्रम, खुल्ला रक्तदान कार्यक्रम, सि एस आर कार्यक्रम, पुरस्कार र सम्मान लगाएतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।