समाजगण्डकी प्रदेश

पत्रकार जगत लोकतन्त्रको अभिन्न अंग ः मूख्यमन्त्रि पोख्रेल

ऋषिराम रानाभाट
पोखरा, १५ कार्तिक । गण्डकी प्रदेशका मूख्य मन्त्रि कृष्णचन्द्र नेपाली पोख्रलले लोकतन्त्रमा पत्रकार जगत अपरिहार्य अंग भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले तिहार, छट , नेपाल संबत चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्रि पोख«ेलले उक्त कुरा बताउनु भयो ।
नपालीहरुको चाडपर्वहरुको शुभकामना दिंदै मूख्यमन्त्रि पोख्रेलले नेपालको विभिन्न कालखण्डमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि पत्रकार जगतले खेलको भुमिका कसैले पनि मेटाउन नसक्ने पनि बताउनु भयो ।
मूख्यमन्त्रि पोख्रेलले आमसञ्चार विधेयकको प्रसंगको चर्चा गर्दै सरकारले पूर्ण स्वतन्त्रताको भावना विपरित कुनै पनि विधेयक नल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । पत्रकारहरुसँगै बसरेर विधेयक परिमार्जित गर्ने पनि सो अवसरमा बताउँनु भयो ।
एक फरक प्रसंगमा मूख्यमन्त्रि पोख्रेलले विनियोजित बजेट कार्यन्यनको चरणमा जाने भन्दै स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रमा जनताले अनुभुति हुने खालका कार्य गर्ने सरकारको सोच भएको बताउनु भयो । पत्रकारले तथ्यमा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै सरकारलाई रचनात्मक सहयोग गर्न पनि उहाँले आग्रह गर्नु भयो ।
सोही अवसरमा गण्डकी प्रदेशका अर्थमन्त्रि रामजी बरालले शुभकामना व्यक्त गर्दै नेपाली पर्वहरुले राजनिति पाटीहरु, सामाजिक संघ संस्थाहरुका विचमा राष्ट्रिय एकता कायम गर्ने विश्वास व्यक्त गर्नु भयो । एकले अर्कोलाई आरोप प्रत्यारोप नगरी भएका कमि कम्जोरीहरुलाई समिक्षा गर्दै सबै मिलेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । यसै गरी गडकी प्रदेशका शिक्षा तथा प्रविधि मन्त्रि मेखलाल श्रेष्ठले शुभकामना व्यक्त गर्दै पत्रकारलाई कुनै किसिमको अन्याय हुन नदिने भन्दै सरकारले विषम परिस्थितिका वावजुद पनि खोपका कार्यक्रम, प्राकृतिक प्रकोप परिवारलाई राहत कार्यक्रम ल्याएको बताउनु भयो ।
यसै गरी नेकपा एमाले कस्की जिल्ला अध्यक्ष एवं प्रदेश सांसद कुष्ण थापा, नेपाली कांग्रेस कास्की जिल्ला सभापति कृष्ण केसी लगाएतले पत्रकार जगतले कुनै राजतितिको आँखाले नहेरी निश्पेक्ष रुपमा कलम चलाउन आग्रह गर्नु भयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्ढारीले नेपालीहरुको महान चाडपर्वहरुको अवसरमा शुभकामना दिंदै नेपाल पत्रकार महासंघले संस्कृति एवं पर्वहरुको जगेर्ना गर्नका लागि वर्षैपिच्छे शुभकामना कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । नेपालीहरुको चाडर्वहरुले सम्पूर्ण नेपालीहरुमा भ«ातृत्व र सामिप्यता प्रगाढ बनाउने विश्वास पनि व्यक्त गर्नू भयो । कोरोना कहरका विचमा पनि पत्रकारहरुले सहि सूचनाहरु प्रवाह गरेको बताउँदै पत्रकारहरुले विभिन्न मुद्धाहरु उठान गर्दै गर्दा विभिन्न किसिमका धम्कीहरु आउने गरेको , सञ्चारका साधनहरु खोसिएका घटनाहरुपनि सुनिएको बताउनु भयो । कुनै पनि वहानामा पत्रकार क्षेत्रमा हुने प्रहार मान्य नहुने बताउँदै यस्ता घटनाहरुलाई दोहोरिन नदिनका लागि प्रदेश सरकार प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै चर्चामा रहेको आमसञ्चार सम्बन्धि विधेयकमा भएका केही बुँदाहरुमा पत्रकारहरुको असहमति रहेको बताउँदै उक्त विधेयक परिमार्जन गर्न पनि आग्रह गर्नु भयो ।
पत्रकारहरुको क्षमता अभिवृद्धि गरेर कुशल पत्रकार बनाउनका लागि क्षमता अभिवृद्धि गर्ने जस्ता कार्यक्रमहरु ल्याउन पनि सरकारलाई आग्रह गर्नु भएको थियो भने उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: