स्थानीयराजनिति

नेपाली कांग्रेस नेताहरुले स्वर्गिय त्रिपाठीबाट पाठ सिक्नु पर्छ ः पूर्व सभामुख रानाभाट

ऋषिराम रानाभाट
लेखनाथ, १८ कार्तिक । पूर्व सभामुख एवं नेपाली कांग्रेसका पूर्व महासचिव तारानाथ रानाभाटले नेपाली कांग्रेसका नेताहरुले स्वगिय राजेन्द्रप्रसाद त्रिपाठीबाट पाठ सिक्नुपर्ने बताउनु भयो । स्वर्गिय त्रिपाठीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख रानाभाटले उक्त कुरा बताउनु भएको हो ।
स्वर्गिय त्रिपाठी आफ्नो गुरु भएको बताउँदै त्रिपाठीले आफ्नो परिवार, आफ्नो स्वास्थ्यलाई पनि पर्वाह नगरी पार्टी प्रतिबन्धित रहेको अवस्थामा पनि भुमिगत संगठन गरी सशस्त्र क्रान्ति एवम् शन्तिपूर्ण सत्याहग्रहमा जनतालाई सामेल गराएर प्रचार प्रसार गरी नेपाली कांगे्रसलाई अगाढि बढाएको चर्चा गर्नु भयो । नेपाली कांग्रेसका इकाई देखि केन्द्र सम्मका नेताहरुले आफ्नो स्वार्थी प्रविधि नत्यागे नेपाली कांग्रेस आगामी दिनमा झन नराम्रो अवस्थामा पुग्ने विचरा व्यक्त गर्दै स्वर्गिय त्रिपाठीको त्याग, निष्ठाको राजनिति नेपाली कांग्रेसका नेताहरुले अनुकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चौधौं महाधिवेसनमा राष्ट्रलाई नेतृत्व प्रदान गर्न सक्ने सक्षम नेतृत्व चयन गर्न पनि नेता कार्यकर्ताहरुलाई उहाँले आग्रह पनि गर्नु भयो ।
स्वर्गिय त्रिपाठी राजनिति वाहेक सामाजिक , धार्मिक एवम् सांस्कृतिक कार्यहरुको अगुवाइ गर्दै कालिका र माझठानाको विकास निर्माणका कार्यहरुमा स्व.त्रिपाठीले पु¥याएको योगदानलाई आफूले कहिले पनि नविर्सने बताउनु भयो ।
सोही कार्यक्रममा नेपाली कांग्रेस कास्की जिल्ला पूर्व सभापति एवम् पूर्व कानून मन्त्रि यज्ञ बहादुर थापा, कास्की जिल्ला सभापति कृष्ण केसी, जिल्ला समन्वय समितिका संयोजक बैन बहादुर अधिकारी, नेपाली कांग्रेस वडा नं.२८ का सभापति विश्वरमण अधिकारी, कालिकाका पूर्व सभापति भानु ढकाल लगाएतले स्वर्गिय त्रिपाठीको सामाजिक कार्यको योगदानको चर्चा गर्दै कालिकाको विकास निर्माणका कार्यहरुको स्व.त्रिपाठीको अगुवाइलाई कसैले पनि विर्सन नहुने बताउनु भयो ।
विकासप्रेमी नेताका रुपमा परिचित स्व.त्रिपाठीले विद्यालय निर्माण, बाटो निर्माण, मठमन्दिर, खानेपानी योजना लगाएतका विकास निर्माणका कार्यको अगुवाई गरेको , फरक विचार राख्ने व्यक्तिहरुलाई पनि समेटन सक्ने अद्भुत क्षमता भएका स्व.त्रिपाठीका असल गुणहरु राजनितिक नेताहरुले अनुकरण गर्नुपर्नेमा जोड दिनु भयो ।
स्वर्गिय त्रिपाठीका पुत्र किर्तीबल्लभ त्रिपाठीले आफ्ना पिताले समाजमा गरेको योगदानको चर्चा सुन्न पाउँदा आफूलाई गर्व लागेको बताउँदै पिताको आशिर्वाद र प्रेरणाले नै आफू पनि समाजसेवामा लागेको बताउनु भयो । ग्रन्थ प्रकाशनका प्रधान सम्पादक महेश्वर पाण्डेले सञ्चालन गर्नू भएको कार्यक्रम ग्रन्थ प्रकाशन समितिका अध्यक्ष ऋषिराम त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: