समाचार

अर्घौं सामाजिक सस्थाको अध्यक्षमा जिसी

कार्तिक २४, लेखनाथ । पेशा ब्यवासयले आफुहरु जाहाँ रहेपनि आपनो जन्मभुमीको विकासमा ध्यान दिनु पर्छ भनि स्थापना गरिएको अर्घौँ सामाजिक संस्था, पोखरा–२६ को पाचौँ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सूर्यबहादुर जि.सी. को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा गणेशभत्त अधिकारी,सचिवमा धर्मदत्त बराल र कोषाध्यक्ष शेखरनाथ लामिछाने रहनु भएको छ भने समितिमको सदस्यमा प्रयागराज भण्डारी, प्रकाशलाल श्रेष्ठ, किरणराज पौडेल, चिजकुमार गुरुङ, मित्रजंग जि.सी., बिष्णुकुमारी लामिछाने र मिना बानिया रहनु भएको छ ।

सस्थका अध्यक्ष सुर्य बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं –२७का वडा अध्यक्ष पूर्णकुमार गुरुङले जागीर वा पेशा ब्यवासयले जो जाहाँ भए पनि आफनो ठाँउको विकाशका सवालमा एक जुट भएर अगाडी वढ्नु पर्ने सुझाव दिदै जन्मभुमिको माया र ममताले दर्शाउने खालका योजनाबाट अगाडी वढ्ने हो भने देश विकासमा सहयोग मिल्ने धारणा राख्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: