
ऋषिराम रानाभाट
कार्तिक ३०, लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश र समाजको ऐना नै शिक्षा भएको वताउनु भयो । मंगलबार लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस, स्मारीका विमोचन तथा नवनिर्मित भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
देशमा राजनीतीक परिवर्तन भएर संविधानमा लिपिबद्ध गरिएको बताउनु भयो । शिक्षा, सामाजीक लगायतका क्षेत्रमा आमुल परिवर्तन ल्याउन चुनौती रहेको वताउँदै मुख्यमन्त्री पोखरलले सामुदायीक विद्यालयलाई अगाडि वढाउन गण्डकी प्रदेश सरकारले प्रदेशलाई शिक्षाको हब बनाउने निति लिएको उहाँले सो अवसरमा बताउनु भयो ।
उहाँले निजि विद्यालय र सामुदायीक विद्यालय विचमा समन्वय हुनुपर्ने वताउँदै एक आपसमा पारस्परिक सम्बन्ध हुनुपर्नेमा जोड दिनु भयो । विद्यार्थीलाई प्राविधिक तथा व्यवहारिक शिक्षा प्रदान गर्न केन्द्रीय सरकार र स्थानीय निकाय विचमा समन्वयकारी भुमिका प्रदेश सरकारले खेल्ने वताउँदै शैक्षिक सुधारका निम्ति सरकार प्रतिबद्ध रहेको वताउनु भयो ।
कार्यक्रममा पोखरा–३० का वडाध्यक्ष श्रीराम पोखरेलले सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको वताउँदै यसलाई खेर जान नदिन शिक्षक, अभिभावक र विद्यार्थी विच त्रिकोणात्मक सम्बन्ध कायम राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
यस्तै पोखरा महानगरपालिका शिक्षा महाशाखाका कार्यवाहक प्रमुख विश्वराज आर्चायले विद्यालयले हासिल गरेको उपलब्धीप्रति खुशी व्यक्त गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट विद्यालयको रुपमा आफ्नो पहचान बनाउन सकोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका क्याम्पसहरुको तर्फबाट गजेन्द्र प्रसाद च्वाईं, विद्यालय व्यवस्थापन समितिका पुर्वध्यक्षहरु विष्णुप्रसाद पोखरेल, दुर्गा न्यौपाने, पुर्वध्यक्ष एवं शिक्षक लेखनाथ घिमिरे, भवन निमार्ण समितिका अध्यक्ष रमेश आचार्य, लक्ष्मी आर्दश माविका प्राचार्य रबिन्द्रनाथ भटृराई, जनप्रकाश माविका प्राचार्य शेखरनाथ शर्मा, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने लगायतले बोल्नु भएको थियो ।
समारोहका विच विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने विशिष्ट व्यक्तिहरु, अक्षयकोष दाताहरु एवं दानवीरहरुलाई समेत सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपिराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य मित्रलाल सापकोटाले शैक्षिक प्रतिवेदन एवं भावी योजना प्रस्तुत गरेको थियो भने कार्यक्रमको सञ्चालन दश जोड दुईका संयोजक रामचन्द्र भण्डारीले गर्नु भएको थियो ।
बुधबारसम्म सञ्चालन हुने वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले मार्चपास का साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु र विज्ञान प्रर्दशनीहरु प्रस्तुत गरेका थिए ।