महालक्ष्मी लाइफ इन्स्योरेन्सको युबासङ्ग महालक्ष्मी लाइफ बिमा सचेतना प्रशिक्षण कार्यक्रम

पोखरा ,मङ्सिर १, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युबासङ्ग महालक्ष्मी लाइफ कार्यक्रम पोखरामा सम्पन्न भएको छ। पोखरा महानगर वडा न ३३ कालिकास्थानको सरस्वती टीका मा बि मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको हो ।
सो अभियानको पोखरा महानगरपालिका वडा न ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले उद्घाटन गरेका थिए। आचार्यले जीवन बिमा अब मानव जिबनको आधारभुत आबश्यकता भैसकेको भन्दै बिमाबारे जागरण ल्याउन महालक्ष्मिको कदम प्रसम्सनिय भएको बताए । उनले बिमाले जीवन र परिबारको आर्थिक र पारिबारिक सुरक्षा प्रदान गर्ने हुदा निश्चिन्त भएर बिमा कर्ममा लाग्न युबाहरुलाइ आग्रह गरे।
सो अबशरमा उक्त इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले युबा सङ्ग महालक्ष्मी लाइफ ूबिमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रमुख प्रशिक्षण प्रदान गरेका थिए । १०० भन्दा बढी युबा बिद्यार्थि सहभागी सो कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष रिशिराज आचार्य शिक्षक अभिभाबक संघ अध्यक्ष गणेश प्रसाद ढकाल ,,सो इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल , युबा सङ्ग महालक्ष्मी लाइफका केन्द्रिय सदस्य चन्द्र कुमारी राना ,एजेन्सी म्यानेजर दिपकराज आचार्य लगाएतले जीवन बिमा र महत्वबारेमा प्रकाश पारेका थिए ।
युबा सङ्ग महालक्ष्मी पोखराका संयोजक सन्तोष पराजुलिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।