समाजस्थानीय

नेपाल बैक विरौटा र हेम्जा शाखाद्धारा मानव सेवा आश्रमलाई सहयोग

लेखनाथ २,मंसिर । नेपाल बैक लिमिटेडको ८५ औ बार्षिकोत्सवका अवसरमा विरौटा शाखा र हेम्जा साखाले मानव सेवा आश्रमलाई न्यानो कपडा सहयोग गरेका छन् ।

स्थापनाको दोस्रो वर्षगाँठ पुरा गरेको अवसरमा सस्थाले सामाजिक उत्तरदाईत्व अन्तर्गत छोरेपाटन र हेम्जामा रहेका मानव सेवा आश्रमका असहाय तथा बेसाहारा जेष्ठ नागरिकका लागि जाडोमा आवस्यक पर्ने न्यानो कपडा सहयोग गरेको हो ।

नेपाल बैक लिमिटेड विरौटा साखाले आयोजना गरेको सहयोग हस्तान्त्रण कार्यक्रममा बैकका प्रादेशिक कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रतिमा श्रेष्ठले बैकले आय आर्जनका लागि पैसा मात्र आर्जन नगरी सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको विचार राख्नु भएको थियो ।

कार्यक्रममा विरौटा साखाका प्रवन्धक कृष्ण बहादुर कुवँर,सहायक प्रवन्धक सिर्जना जिसी,कर्मचारी रामचन्द्र सुवेदी,ग्रीष्मा बराल र लक्ष्मी थापा लगाएतले मानव सेवा आश्रमले सडममा रहेका बेसाहारा ब्यक्तिलाई पालन पोषणको जिम्मा लिएर उदाहरणीय काम गरेको विचार राख्नु भएको थियो ।

यसैगरि नेपाल बैक लिमिटेड हेम्जा साखाले पनि सामाजिक उत्तरदाईत्व अन्तरगत मानव सेवा आश्रम हेम्जालाई एक सय पाँच थान न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रममा नेपाल बैक लिमिटेड प्रादेशिक कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रतिमा श्रेष्ठले मानव सेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सिनालाई उक्त सामाग्री हस्तान्त्रण गनु भएको थियो ।

सोही अवसरमा हेम्जा साखाका प्रबन्धक मञ्जु श्रेष्ठ,साहायक प्रवन्धक अनन्तराज वाग्ले,मानव सेवा आश्रमका अभिभाव मदन थापा र दुर्गा तिमिल्सेना लगाएले सेवा गर्ने हातहरुलाई सदैव कल्याण हुनेमा जोड दिनु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: