समाचार
प्रेस चौतारी कास्की शाखाको को अध्यक्षमा गिरी

पोखरा, ३ मंसिर – प्रेस चौतारी नेपाल, कास्की शाखाको अध्यक्षमा अर्जुन गिरी चयन भएका छन् । शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोतीसागर अधिकारी, उपाध्यक्ष (महिला) मा बालकुमारी पौडेल (तारा), सचिवमा रञ्जन अधिकारी, सह–सचिवमा ईश्वर देवकोटा, सह–सचिव (महिला) मा उमा आलेमगर र कोषाध्यक्षमा जीवन सुवेदी निर्वाचित भएका छन् ।
३० सदस्यीय कमिटिको २३ जना सदस्यहरुमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा (मगर), सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना (दर्शन), दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा रहेका छन् ।