
ऋषिराम रानाभाट
माझठाना, ७ मंसिर । गण्डकी प्रदेश सांसद मन बहादुर गुरुङले देशको विकासको पहिलो प्राथमिकता शिक्षा भएको बताउनु भयो । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा नेपाल सरकार राष्ट्रिय पूनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना (शिक्षा) जिल्ला कार्यन्ययन ईकाइ –शिक्षा) को आर्थिक सहयोगमा नवनिर्मित ४ कोठे पक्कि भवनको समुद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
राजिनिति परिवर्तन सँगै विद्यालयमा पनि व्यवहारिक र प्राविधिक शिक्षामा सबै राजनिनितिक दलहरु, सामाजिक संघसंस्थाहरु, बुद्धिजिवीहरु लगाएत सरोकारवालाहरु एक जुट हुन सके माझठानालाई गण्डकी प्रदेशकै नमूना बनाउन सकिने र सोको लागि सबैमा सकारात्मक सोच हुनुपर्नेमा जोड दिनु भयो ।
विकसित मुलुकहरुले शिक्षालाई महत्व दिएका कारण धेरै किास हुन सकेको बताउँदै हाम्रो देशमा सामुदायिक विद्यालयहरुमा राज्यले शिक्षा क्षेत्र क्षेत्रमा धेरै लगानी गरे अनुसार प्रतिफल आउन नसकेको प्रति संकेत गर्दै विद्यार्थीहरुको भविष्य प्रति सचेत हुन सबैमा आग्रह गर्नु भयो । सो अवसरमा सांसद गुरुङले विद्यालयको आवश्यकता अनुसार योजना माग गरेमा आफूले सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी सोही कार्यक्रममा स्थानिय बुद्धिजिवी ऋषिराम लामिछाने, जनप्रतिनिधि अम्बिका बुढाथोकी, नेकपा एमाले वडा नं.२८ का प्रतिनिधि ऋषिराम तिवारी, नेकपा माओवादी केन्द्र २८ का अध्यक्ष यज्ञ प्रसाद तिवारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीकृष्ण लामिछाने लगाएतले विद्यालयमा भौतिक संरचना सँगसँगै गुणस्तरीय शिक्षामा जोड दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले स्वागत गर्दै विद्यालय शिक्षा प्रदान गर्ने सबैको साझा मन्दिर भएकाले सबैको सकारात्मक सोच हुनुपर्नेमा जोड दिनु भयो ।
भवन निर्माण आर्थिक उपसमितिका सदस्य एवं शिक्षक पूर्ण बहादुर खत्रीले भवन निर्माणको आर्थिक प्रतिवेदन गर्नु भएको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवं कलाकार पुरन गुरुङ र विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सहायक प्रधानाध्यापक भेषराज सुवेदी धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम रानभाटले गर्नु भएको थियो ।